२५ जेठ २०८३, सोमबार

सशस्त्र प्रहरीको डीआईजीमा कालीदास र कुमार सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा कालीदास र कुमार सिफारिस

सशस्त्र प्रहरी बल नेपालको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कालीदास धौवजी र कुमार न्यौपानेलाई सिफारिस गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले मंगलवार सूचना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।

बढुवा समितिको मंगलवार बसेका बैठकले बढुवा सिफारिस गरेको जनाइएको छ । बढुवा सिफारिसमा चित्त नबुझ्ने एसएसपीहरूले ७ दिनभित्र उजुरी दिनसक्ने सूचनामा उल्लेख छ । बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालय अनामनगरमा उजुरी दिन सकिने छ । 

salt training

कमेन्ट गर्नुहोस्