
महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित बाँके खोला नजिकबाट मंगलवार ५५ क्यूफिट सालको काठ बरामद गरिएको छ ।
लुकाइछिपाइ राखिएको अवस्थामा सशस्त्र प्रहरी बल सुरक्षा बेस लक्ष्मनीयाले सो काठ फेला पारेको हो ।
करीब एक लाख रूपैयाँ बराबरको सो सालको काठ सागरनाथ वन परियोजनाको कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।