२१ असार २०८३, आइतबार

सुदूरपश्चिम–कोरोना सङ्क्रमण पुनः वृद्धि

सुदूरपश्चिम–कोरोना सङ्क्रमण पुनः वृद्धि


सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना  सङ्क्रमितका सङ्ख्यामा वृद्धि भएको छ ।  पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई  सङ्क्रमित बढेको जनाइएको छ ।
 स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमवार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलवार ८४७ जनाको नमूना परीक्षण गर्दा ६१जनामा सङ्क्रमण देखिएको छ ।
पछिल्लो२४घटमा प्रदेशमा सबै भन्दा बढी कैलाली जिल्लामा ४२जनामा  सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुई दिनमा मृत्यु दर भने शून्य छ ।

  यो अवधिमा ४७ज ना उपचार  पछि घर फर्किएका छन् ।  प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्यु दर शून्य  थियो  । प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३सङ्क्रमित पुगेका छन् ।  दुई लाख ६८ हजार९९५ जनाको  नमूना परीक्षण गरिसकिएको छ ।

   गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी नौसय ८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१  सङ्क्रमितको मृत्यु भएको थियो ।
 यसै बीच कोरोना भाइरस रोकथामका लागि कैलाली जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १गते सम्म थप गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै होटेल रेष्टुरेण्ट चिया पसल बिहान ५बजे देखि राति आठ बजेसम्म सञ्चालन गर्न सकिने, तालीम, गोष्ठि ,सेमिनारका लागि २५जना मात्र सहभागी हुन पाउने, सार्बजनिक यातायातका साधन जिल्ला प्रशासनको स्वीकृति लिएर सञ्चालन गर्न पाउने जनाएको छ ।

   यस्तै कार, भ्यान, जीप, ट्याक्सीमा चालक सहित चार जना र अटोमा चालक सहित तीन जना मात्रै यात्रा गर्न पाउने,जिल्ला भरीका यात्रुवाहक सवारी साधनको जोर बिजोर प्रणाली हटाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय समेत भएको सूचनामा उल्लेख छ  ।

salt training

कमेन्ट गर्नुहोस्