२८ जेठ २०८३, बिहीबार

३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता

३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता

बागलुङ नगरपालिका–२ मा कस्मेटिक पसल गरी बस्ने ३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता भएका छन् । पर्वत जिल्लाको साविक देवीस्थान गाविस–६, हाल फलेवास नगरपालिका–५ घर भई बागलुङमा कस्मेटिक पसल गर्ने सूर्यप्रसाद घिमिरे १० दिनदेखि बेपत्ता भएका हुन् ।

असार १३ साँझ ६ बजे घरबाट निस्किएका घिमिरेको भोलिपल्ट दिउँसो २ बजेसम्म फोन सम्पर्कमा रहे पनि त्यसपछि फोनसमेत अफ भएर सम्पर्कविहीन भएको श्रीमती प्रमिला घिमिरेले जानकारी दिइन् । पत्ता भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत खोजी कार्य गर्न निवेदन दिए पनि हालसम्म श्रीमान सम्र्पकमा आउन नसकेको घिमिरेको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्