
काठमाडौं, २४ जेठ — म्यानमारको सैनिक विमान बुधवार बेपत्ता भएको छ ।

दक्षिणी शहर मयइक र यांगूनका बीचमा उडिरहेको विमान अचानक बेपत्ता भएको हो ।
सेनाको मुख्यालयले विमान बेपत्ता भएको जानकारी दिएको हो ।
विमानमा ११६ जना चढेका छन् ।
बेपत्ता विमानको खोजीकार्य जारी रहेको सरकारले बताएको छ ।
एजेन्सी