०२ साउन २०८३, शनिबार

पेनाल्टी सुटआउटमा इटाली युरोकपको फाइनलमा प्रवेश

पेनाल्टी सुटआउटमा इटाली युरोकपको फाइनलमा प्रवेश

इटाली युरोकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा इटालीले पेनाल्टी सुटआउटमा स्पेनलाई ४–२ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्ली रंगशालामा भएको निकै रोमाञ्चक खेलमा सुरुवाती अग्रता इटालीले लियो । इटालीका लागि खेलको ६० औं मिनेटमा फेडेरिकोले गोल गरेका हुन् ।
तर इटाली अग्रतालाई स्पेनले २० मिनेटपछि अर्थात ८० औं मिनेटमा बराबरी गर्यो ।

स्पेनका लागि अल्वर्टो मेरोटाले बराबरी गोल फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा दुबै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो । सो अवधिमा पनि दुबै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा इटाली विजयी बन्यो ।

फाइनलमा अब इटालीले इङ्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्