१९ असार २०८३, शुक्रबार

कर्णालीका मुख्यमन्त्री शाही र कांग्रेसका दल नेता शाही अचानक सिमकोटमा

असार २५, २०७८
कर्णालीका मुख्यमन्त्री शाही र कांग्रेसका दल नेता शाही अचानक सिमकोटमा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित अचानक सिमकोट आएका छन् ।

लामो समयदेखि प्रदेशसभा बैठक अवरुद्ध  हुँदा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।

मुख्यमन्त्री शाही अपराह्न सिमकोट आइपुगेका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तत्कालीन सत्तारुढ दल नेकपा भित्रको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही नेता जीवनबहादुरसँगै हुम्ला आएका थिए । सो समयमा उनीहरूबीच सत्ता साझेदारीका विषयमा सल्लाह भएको बताइएको छ ।

प्रदेश सरकारमार्फत् जिल्लामा सञ्चालित योजनाको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाबारे बुझ्न मुख्यमन्त्री शाही नेतृत्वको टोली आएको जनाइएको छ । – दाने बोहरा/रासस

salt training

कमेन्ट गर्नुहोस्