१२ असार २०८३, शुक्रबार

एमालेमा सहमति, अदालतलाई प्रभाव पार्ने भाषा प्रयोग नहुने

असार २६, २०७८
एमालेमा सहमति, अदालतलाई प्रभाव पार्ने भाषा प्रयोग नहुने

नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेका हस्ताक्षर फिर्ता नलिने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्यूँताउने सहमति भएको छ ।

‘मुख्य विषयमा सहमति भएको छ, त्यो भनेको अदालतमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने, अदालतलाई प्रभावित पार्नेगरी कुनैपनि भाषा प्रयोग नहुने तथा निसर्त २०७५ जेठ २ को कमिटी पुनर्स्थापना नै हो । यसमा हामी कार्यदलमा रहेका सबै सहमत भएका छौं । अन्य विषयमा यसअघि नै सहमति भइरहेको छ’, कार्यदलका एक सदस्यले भने।

उनका अनुसार विधान संशोधनलगायतका विषयमा पनि सहमति भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्