१४ असार २०८३, आइतबार

चीनबाट आयो ८ लाख डोज खोप, अर्को साता अमेरिकाबाट १५ लाख डोज

असार २६, २०७८
चीनबाट आयो ८ लाख डोज खोप, अर्को साता अमेरिकाबाट १५ लाख डोज

नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो ।  चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ ।

  जहाजमा खोप भण्डार क्षमता ८ लाख रहेकाले हाल यतिमात्र ल्याइएको मन्त्रालयले जनाएको छ । यता अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले आउन लागेको खोप नेपाली जनताका लागि अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्