०८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक प्रस्थान

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक प्रस्थान
प्रतिकात्मक तस्वीर

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीसहित १२ सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक प्रस्थान गरेको हो ।

प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची क्षेत्रको हवाइ निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक लागेका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलले प्रधानमन्त्री ओलीबाट शनिवार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमबाटै ओलीले राहत कार्यक्रम समेत घोषणा गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्