३१ जेठ २०८३, आइतबार

प्रहरी हिरासतबाट थुनुवा फरार

असार २६, २०७८
प्रहरी हिरासतबाट थुनुवा फरार
प्रतिकात्मक तस्वीर

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा शनिवार फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । 

प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच, सिराहा प्रहरीले विगत २ हप्ताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका ९ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्