२८ जेठ २०८३, बिहीबार

ह्वाट्सएपले बदल्दैछ रंग, हरियोको सट्टा अब नीलो

असार २६, २०७८
ह्वाट्सएपले बदल्दैछ रंग, हरियोको सट्टा अब नीलो

ह्वाट्सएपले प्रयोगकर्ताका लागि नयाँ–नयाँ परीक्षण गरिरहेको छ । 

यस्तै परीक्षण ह्वाट्सएपको नयाँ रंगमा गरिने भएको छ । 

रिपोर्टअनुसार ह्वाट्सएपको रंग हरियोको सट्टा अब नीलो हुने सक्ने बताइएको छ । 

ह्वाट्सएप नोटिफिकेसनको युजर इन्टरफेसमा नयाँ रंग जोडिने भएको छ । डब्ल्यूएबिटाइन्फोका अनुसार ह्वाट्सएपले बिटा अपडेट जारी गरेको छ । 

यो परिवर्तन डार्कमोडमा देख्न सकिने छ । साथै यो फिचर लाइट मोडमा पनि काम गर्नेछ । 

डार्कमोडमा आउने ह्वाट्सएप नोटिफिकेसन जस्तै रिप्लाई र मार्क एज रिड हरियोको सट्टा गाढा नीलो रंगमा देखिने छ ।

साथै ह्वाट्सएपको नोटिफिकेसनमा देखिने लोगो र ब्याजको कलर परिवर्तन हुन सक्ने छ। यद्यपि यो परीक्षणमा छ । 

salt training

कमेन्ट गर्नुहोस्