०६ साउन २०८३, बुधबार

वयस्क अवस्थामै दाँत झरे सम्झने शक्ति घट्ने खतरा !

असार २६, २०७८
वयस्क अवस्थामै दाँत झरे सम्झने शक्ति घट्ने खतरा !

मानिसको दाँतसँग सम्झने शक्ति पनि जोडिएको हुन्छ । अमेरिकी शोधकर्ताहरूले गरेको एक अध्ययनमा जुन मान्छेको दाँत छिटै झर्न सुरु गर्छ, उनीहरूमा डिमेन्सियाको पनि खतरा बढ्ने दाबी गरिएको छ । 

डिमेन्सिया यस्तो रोग हो, जसले सम्झने शक्ति घटाउँदै लैजान्छ । 

न्यूयोर्क युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार दाँत झरेमा मानिसको सोच्ने र सम्झने शक्तिमा गम्भीर असर पर्छ । 

यसमा ३० हजार ७६ जना मानिसहरूमा गरिएको १४ वटा अध्ययनको विश्लेषण गरिएको छ । यसमा यस्ता व्यक्तिहरूलाई पनि सहभागी गराइयो, जसको सोच्ने र सम्झने शक्ति एकदमै कम थियो । अध्ययनको परिणाम के आयो भने जसको युवावस्थामै दाँध धेरै टुटेका छन्, उनीहरूमा अल्जाइमर्सको खतरा १.४८ गुणा बढेको पाइयो । साथै डिमेन्सिया हुन सक्ने आशंका १.२८ गुणा धेरै थियो ।  

शोधकर्ता डा. बे वुका अनुसार हरेक वर्ष धेरै संख्यामा अल्जाइमर्स र डिमेन्सियाका बिरामीहरू थपिने गरेका छन् । यस्तोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको भनाइ छ । 

उनले ६५ वर्षमा हरेक १४ मा एक जना र ८० वर्षमा ६ मध्ये एक जना डिमेन्सियापीडित हुने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्