
भारी वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
प्रहरीका अनुसार बानेश्वर, मैतीदेवी, घट्टेकुलो, माइतीघरलगायतका क्षेत्र डुबानमा परेका हुन् ।
अविरल वर्षाका कारण निकास नपाउँदा पानी सडकमै जम्मा हुँदा यातायात आवागमनमा समस्या पैदा भएको छ ।
डुबान क्षेत्रमा पानी निकासको काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
डुबान क्षेत्रका अन्य तथ्यांक लिने काम जारी रहेको उनको भनाइ छ ।
