०७ साउन २०८३, बिहीबार

जनताका पीडामा छुद्र राजनीति नगरौं : प्रधानमन्त्री ओली

जनताका पीडामा छुद्र राजनीति नगरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुर्‍याउने काम नगर्न सबैलाई सचेत गराएका छन् । 

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि शनिवार मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनतालाई नै समस्यामा पार्ने गरेर राजनीति नगर्न सचेत गराएका हुन् । 

उनले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रुपमा प्रयोग गर्ने गरिएको पाइएको भन्दै त्यस किसिमको काम नगर्न सचेत गराए । 

‘जनतालाई परेका असुविधा, पीडाहरूमा राजनीतिक व्यापार गर्ने कुरा हो र ? मैले कहीँकहीँ अत्यन्तै छुद्र राजनीति गरेको देख्छु,’ उनले भने। 

बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालीन कामबारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफू सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टिमसहित त्यहाँ पुगेको पनि प्रधानमन्त्रीले बताए । 

जनता, संघसंस्था र सरकार मिलेर यस्ता विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

प्रधानमन्त्री ओलीले हेलम्बुमा केही चेक हस्तान्तरण गर्नुको साथै ३६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने घोषणा गरे ।

सरकारले प्रतिपरिवार ५० हजार रूपैयाँ उपलब्ध गराई जस्तापाता पनि वितरण गरेपछि अस्थायी पुनर्निर्माणका काम गर्न सकिन्छ भनेर त्यस किसिमको सोच बनाएको उनले स्पष्ट पारे । 

बाढीपहिरो र भुइँचालो जस्ता प्राकृतिकजन्य विपदबाट सिन्धुपाल्चोक पटक–पटक प्रभावित हुँदै आएको भन्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष पुनस्र्थापनाको काम गर्ने भन्दा पनि पहिरोमा नपर्ने गरी आवास निर्माण गर्नुपर्नेमा जोड दिए । 

जुरेको पहिरोका सम्बन्धमा उठेको पैसा पनि कानुनी व्यवधानका कारण प्रयोग गर्न नसकिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्