
‘गेमचेन्जर’ का आयोजनाका रूपमा लिइने राष्ट्रिय गौरवका सहित रूपान्तरणकारी आयोजनाहरूको लागत वर्षेनि वृद्धि हुँदै जाने देखिएको छ ।
राष्ट्रिय योजना आयोगले हालै मध्यकालीन बजेट अनुमान तथा त्रिवर्षीय खर्च प्रक्षेपण गर्दै त्यस्ता आयोजनामा बजेट विनियोजन वर्षेनि बढाउने संकेत गरेको हो ।
सरकारले आव २०६८/६९ देखि मुलुकको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने ठूला पूर्वाधार निर्माण र संस्कृति एवम् वातावरण संरक्षणसम्बन्धी रणनीतिक महत्त्वका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा ल्याउँदै आएको छ ।
२० ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा मात्रै गरिएको खर्च प्रक्षेपणअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ मा रू. ८० अर्ब ३५ करोड १५ लाख खर्च हुँदै छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा रू. १ खर्ब ६ अर्व ९८ करोड ९४ लाख र २०८०/८१ मा रू. १ खर्ब २१ अर्व २३ करोड ७३ लाख प्रक्षेपण गरिएको छ । आर्थिक अभियानमा खबर छ ।