२६ असार २०८३, शुक्रबार
एमाले विवाद

एमाले कार्यदलले सहमतिमा हस्ताक्षर गर्दै, आजै स्थायी कमिटी बैठक राख्न सुझाव

एमाले कार्यदलले सहमतिमा हस्ताक्षर गर्दै, आजै स्थायी कमिटी बैठक राख्न सुझाव

पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित नेकपा एमालेको कार्यदलले सहमतिमा आज हस्ताक्षर गर्ने भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान बस्ने बैठकमा सहमतिमा हस्ताक्षर गरिने कार्यदलका एक जना संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । 

‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं, आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं’ नेम्वाङले भने ।

६ दिन लामो अनवरत छलफल पछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरुले बताएका छन् ।

कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए । 

कार्यदलमा भएको सहमतिलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए ।

पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा पाँच/पाँचजना सदस्य रहनेगरी कार्यदल गठन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्