१० साउन २०८३, आइतबार

माधव नेपाल पक्षका सदस्यहरू आउन ढिला गर्दा अझै शुरू भएन एमाले कार्यदलको बैठक

माधव नेपाल पक्षका सदस्यहरू आउन ढिला गर्दा अझै शुरू भएन एमाले कार्यदलको बैठक

माधव नेपाल पक्षका सदस्यहरू उपस्थित नहुदा आइतवार बिहान ८ बजे बस्ने भनिएको एमालेको विवाद समाधान कार्यदलको बैठक अझै शुरू हुन सकेको छैन ।

बैठकको लागि संस्थापन पक्षका सदस्यहरू ८ बजे नै सिंहदरबार पुगे पनि नेपाल पक्षका नेताहरू ९ बजेसम्म बैठकमा आएका छैनन् ।

नेपाल पक्षका सदस्यहरू सिंहदरबार बाहिर परामर्शमा छन् । केही बेरमा बैठक स्थलमा पुग्न लागिएको एक सदस्यले जानकारी दिए । 

कार्यदलले गरेको सहमतिमा आज हस्ताक्षर गरिने कार्यदलका एकजना संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । 

‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं, आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं,’ नेम्वाङले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्