
लियोनेल मेसीले ब्राजिललाई हराउँदै अर्जेन्टिनालाई कोपा अमेरिका जिताएपछि बार्सिलोना क्लबमा पहिला सँगै खेलेका ब्राजिली खेलाडी नेयमारलाई लामो समयसम्म अँगालेको भिडियो सार्वजनिक भएको छ ।
सन् १९९३ पछि पहिलोपटक अर्जेन्टिनाले कोपा अमेरिका जितेको हो । टीमलाई जिताउन मेसीको प्रमुख भूमिका रह्यो यद्यपि फाइनलमा गोल गर्ने श्रेय चाहिँ एन्जल डी मारियाले पाए ।
खेल सकिएपछि नेयमारले मेसीलाई बधाई दिए र अँगालो हाले । उनीहरू लामो समय अँगालोमा बाँधिएका थिए ।
त्यसपछि मेसी मैदानमा बसे र उनका साथी खेलाडीहरूले उनीकहाँ आएर जीतको उत्सव मनाए ।
मेसीले कप समातेर मज्जाले नाचेको देख्दा संसारभरिका उनका प्रशंसकहरू भावुक बनेका छन् ।
अहिलेको समयमा मेसी संसारकै सर्वोत्कृष्ट फूटबल खेलाडी हुन् । उनले यसअघि अर्जेन्टिनालाई फाइनलमा जीत दिलाउन नसकेर पीडा बेहोरेको भए पनि यसपालि उनको भाग्य चम्किएको छ ।
मेसी अब अर्को वर्ष हुने विश्वकपमा पनि अर्जेन्टिना टोलीमा देखिनेछन् ।
#CopaAmérica 🏆
— Copa América (@CopaAmerica) July 11, 2021
¡LO LINDO DEL FÚTBOL! Emotivo abrazo entre Messi 🇦🇷 y Neymar 🇧🇷 ¡ÍDOLOS!
🇦🇷 Argentina 🆚 Brasil 🇧🇷#VibraElContinente #VibraOContinente pic.twitter.com/ecknhlv2VI