०८ असार २०८३, सोमबार

बाबुरामको आरोप : प्रधानमन्त्री ओलीले वायुसेवा निगम आफ्नो नजिकका दलाल पुँजीपतिहरूलाई पोस्ने तयारी गरे

बाबुरामको आरोप : प्रधानमन्त्री ओलीले वायुसेवा निगम आफ्नो नजिकका दलाल पुँजीपतिहरूलाई पोस्ने तयारी गरे

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी अत्यन्तै निन्दनीय भएको टिप्पणी गरेका छन् । 

आइतवार ५ बुँदे सार्वजनिक अपिल जारी गर्दै डा. भट्टराईले यसको भित्री उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नजिकका दलाल पुँजीपतिहरूलाई नै संस्थान पोस्नु रहेको दावी गरेका छन् । 

उनले भनेका छन्,‘क्रोनी क्यापिटालिज्मको यो भन्दानग्नरुप अरु के हुन सक्छ ?आफू सरकारमा रहने अनि आफैँले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्री गर्ने जुन षड्यन्त्र भइरहेछ त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन । यसको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेका छन् । के ओली सरकारसँग त्यसको जवाफ छ ?’

यस्तो छ उनले ५ बुँदामा गरेको सार्वजनिक अपिलको पूर्णपाठ
 

salt training

कमेन्ट गर्नुहोस्