२९ जेठ २०८३, शुक्रबार

नेप्से ७३ अंकले बढ्दा ३ फाइनान्समा सकारात्मक सर्किट, यी २१ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

नेप्से ७३ अंकले बढ्दा ३ फाइनान्समा सकारात्मक सर्किट, यी २१ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

साताको पहिलो दिन आइतवार शेयर बजारमा बहार आएको छ । 

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७३.३३ अंकले बढ्दा शेयर बजार २८९८.४३ विन्दुमा पुगेको छ ।

आइतवार सेन्सेटिभ परिसूचक १३.५१ अंकले बढ्दै ५४३.१६ विन्दुमा पुगेको छ ।

आइतवार कुल २ सय २५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

कारोबारको शुरूवाती समयदेखि नै निरन्तर उकालो लाग्दै गरेको शेयर बजार आइतवार कारोबारको अन्तिम समयसम्म पनि निरन्तर उकालो लागेको थियो ।

यस दिन विभिन्न ३ फाइनान्स कम्पनीहरूको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 

सकारात्मक सर्किट ब्रेक लाग्ने कम्पनीहरूमा आइसीएफ फाइनान्स कम्पनी लिमिटेड, गुर्खाज फाइनान्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायत विभिन्न २१ कम्पनीहरूको शेयर मूल्यमा उच्च वृद्धि भएको थियो । यी कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । 

यस दिन १३ वटै समूहहरूको सूचक बढेका छन् । जसअन्तर्गत सबैभन्दा धेरै फाइनान्सतर्फ लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स समूहतर्फ ८.३९ प्रतिशतले सूचक वृद्धि भयो । 

यस्तै विकास बैंक समूहतर्फ ८.२४ प्रतिशतले सूचक बढेको छ ।

समग्र बजार उकालो लागेको दिन केही कम्पनीहरूको शेयर मूल्यमा भने गिरावट आएको छ  । 

जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रोमोटर शेयरका लगानीकर्ताले सबैभन्दा धेरै ४.३७ प्रतिशतले गुमाएका छन् । 

कारोबार रकमका आधारमा आइतवार एनआइसी एसिया बैंकले सबैभन्दा बढी ३९ करोड ९३ लाख ६० हजार ९५५ रुपैयाँबराबरको शेयर खरिदबिक्री गरेको छ । 

यस्तै नबिल बैंकको २५ करोड ७९ लाख ९३ हजार ८४० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्