×

NMB BANK
NIC ASIA

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

असार २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कार्यदल स्तरमा हुने भनिएको सहमतिमा हस्ताक्षर नहुँदै अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

कार्यदल स्तरमा सहमतिमा हस्ताक्षर नहुँदै बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Vianet communication
Laxmi Bank

एमाले कार्यदलको बैठक सिंहदरबारमा झण्डै ६ घण्टादेखि जारी छ । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको हो । 

कार्यदलमा भएको सहमतिलाई भाषिक रूपमा मिलाएर हस्ताक्षर गरिने कार्यदलका सदस्यहरूले बताएका छन् । 

बैठकमा प्रवेश गर्नुअघि कार्यदलका एकजना संयोजक सुवास नेम्वाङले बिहान नै हस्ताक्षर गरिने बताएका थिए । 

कार्यदलमा सहमति गरेर स्थायी कमिटीबाट अनुमोदन गर्ने भन्दै बिहानका लागि कार्यदलको बैठक राखिएको थियो । 

कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।

कार्यदलका सदस्यहरूले माधव नेपाललाई भेटेपछि हस्ताक्षरमा ढिलाइ भएको भन्दै संस्थापन पक्षका नेताहरूले आशंका व्यक्त गरेका छन् । 

नेता नेपालले अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा प्रभावित गर्ने गरी कुनै सम्झौता नगर्ने अडान लिएको स्रोतको भनाइ छ । 

कार्यदलले अदालती मुद्दा प्रभावित नहुनेगरी सहमतिको मस्यौदा गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । 

६ दिन लामो छलफल पछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरूले बताएका छन् । 

बैठकमा प्रवेश गर्नुअघि नेताहरूले आजै हस्ताक्षर गर्ने बताएका थिए ।

कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए । 

कार्यदलमा भएको सहमति पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए । 

पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा जेठ २ गते पाँच–पाँच जना सदस्य रहने गरी कार्यदल गठन गरिएको थियो । 

कार्यदलमा सहमति भएसँगै ५ महिना लामो एमाले विवाद टुंगिने अपेक्षा गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x