२९ जेठ २०८३, शुक्रबार

नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दो छ : प्रधानमन्त्री ओली

नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दो छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दो भएको बताएका छन् । वीर अस्पतालको नवनिर्मित शल्यचिकित्सा भवनको आइतवार उद्घाटन गर्दै उनले नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताएका हुन् । 

‘विदेशको तुलनामा नेपालको उपचार धेरै सजिलो भएको आफ्नै अनुभवबाट महसुस गरेको छु,’ उनले भने, ‘नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र छैन ।’

दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप ऊर्जा दिने उनको भनाइ छ । 

अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी बिरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले मनोबल कसरी बढाउँदा बिरामीको आधा रोग निको पार्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गरिनुपर्ने बताए। 

यस्तै अस्पताललाई अविलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्क्रिय बनाउने काम गर्न नहुने पनि उनको भनाइ छ । 

यस्तै उनले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने पनि बताएका छन् । 

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडि नै निर्माण सम्पन्न हुनु खुशीको विषय भएको बताए । 

सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शय्या थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर-कोभिडको उपचार गर्न सहज भएको बताए । 

उनले अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुँदा २०० वटा सघन उपचार कक्ष र १०० वटा डायलाइसिस सेवा दिने शैय्या बन्ने तथा छुट्टै ज्येष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्