३० असार २०८३, मंगलबार
निर्वाचन आयोगको निर्णय

माओवादीको दर्ता खारेज गर्नुपर्ने टोपबहादुर रायमाझीहरूको माग निर्वाचन आयोगद्वारा अस्वीकार

माओवादीको दर्ता खारेज गर्नुपर्ने टोपबहादुर रायमाझीहरूको माग निर्वाचन आयोगद्वारा अस्वीकार

नेकपा (माओवादी केन्द्र) खारेज गर्नुपर्ने पूर्व माओवादी नेताहरूको मागलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ ।

माओवादी छाडेर एमालेमा लागेका पूर्व माओवादी नेताहरूको मागबमोजिम पार्टी नै खारेज गर्नुपर्ने नदेखिएको निष्कर्ष आयोगले निकालेको हो ।

'निवेदन अनुसार दल दर्ता खारेज गर्नुपरेन,' आयोगको बैठकको निर्णय उद्धृत गर्दै प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरसँग भने ।

माओवादी लामो समयदेखि महाधिवेशन समेत नगरी छापामार शैलीले चलेको आरोप लगाउँदै टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेताहरूको अग्रसरतामा निर्वाचन आयोगमा उजुरी दर्ता भएको थियो ।

उक्त उजुरीमा माग भएबमोजिम कुनै किसिमको कारवाही गर्नुपर्ने नदेखिएको प्रवक्ता श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्