०१ असार २०८३, सोमबार

स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्छः मन्त्री श्रेष्ठ

स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्छः मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन्।  
मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाईलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् ।

 अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख गरे ।
मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशन अनुरुप आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमार्फत् १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्