
युरोकप फुटबलको फाइनल खेलको पहिलो हाफमा इङ्ल्याण्डले अग्रता बनाएको छ ।
लण्डनस्थित वेम्ले रंगशालामा जारी खेलको दोस्रो मिनेटमा लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । ट्रिपरको पासमा उनले गोल गरेका हुन् ।
युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल भएको समाचारमा जनाइएको छ ।