०८ साउन २०८३, शुक्रबार

जोकोभिचलाई २० औं ग्राण्डस्लाम उपाधि

असार २८, २०७८
जोकोभिचलाई २० औं ग्राण्डस्लाम उपाधि

विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन्  ।

उपाधि जित्ने क्रममा जोकोभिचले सातौं वरीयताका माटियो ६-७(४-७),६-४,६-४ र ६-३ को सेटमा पराजित गरे ।

यससँगै जोकोभिच छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । यस्तै जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।

जोकोभिचको यो करियर २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।

जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

३४ वर्षीय जोकोभिचले गत महिना फ्रेन्च ओपन जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्