०२ असार २०८३, मंगलबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । 

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ । 
 

salt training

कमेन्ट गर्नुहोस्