
आज देशका प्रमुख नदीहरु कोशी,नारायणी लगायतमा पानीको बहाव सामान्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमवार एक बुलेटिन जारी गर्दै महाशाखाले यी नदीहरू लगायत अन्य ससाना नदीहरुमा बहाव सामान्य घटबढ हुने समेत जनाएको छ ।
महाशाखाले कर्णाली र महाकालीका केही स-साना सहायक नदीहरुमा बहाव केही बढ्ने भएपनि सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको जनाएको छ ।