काठमाडौं, २५ जेठ –नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिअन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिस्ट्रिव्यूटर्सले तीन दिने हुण्डाई एक्स्चेन्ज कार्यक्रम ल्याएको छ ।
यही जेठ २४ गते बुधबारदेखि जेठ २६ गते शुक्रबारसम्म हुने यस एक्चेन्ज योजना सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूका लागि उत्कृष्ठ योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न यस्तो कार्यक्रम ल्याइएको डिस्ट्रिव्यूटर्सले जनाएको छ ।
यस एक्चेन्जसँगै हिम अटो डिस्ट्रिव्यूटर्सले आप्mना ग्राहकसामु नगद छुट, स्पट एक्स्चेन्ज, भ्यालुयसन, र एक्चेन्ज बोनस हरेक गाडिको बिक्रीसँगै प्रदान गर्ने छ । यस कार्यक्रममा एक्स्चेन्जका साथै टेष्ट ड्राईभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरू समावेश छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राईभ गरेकामध्ये बाट लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकलाई कुल प्याडको कुल १ स्मार्ट फोन प्रदान गरिने छ ।