२६ जेठ २०८३, मंगलबार

भीम रावलको ट्वीट– सर्वोच्चको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ

भीम रावलको ट्वीट– सर्वोच्चको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।

मंगलवार बिहान ट्वीट गर्दै उपाध्यक्ष रावलले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुन्छन् भन्ने कुरा छर्लङ्ग भएको दाबी गरेका हुन् ।

'सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ । राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको छ। सबैलाई चेतना भया,' रावलले लेखेका छन् ।

सर्वोच्च अदालतले सोमवार प्रतिनिधि सभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्