
पछिल्लो राजनैतिक घटनाक्रमको असर शेयर बजारमा देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार खुलेको करिब ५ मिनेटमै कारोबारमा उतारचढाव आएको छ ।
५ मिनेटसम्म हरियाली शेयर बजार ११ बजेर ६ मिनेट जाँदा शेयर घट्न पुगेको छ ।
समाचार तयार पार्दैगर्दा नेप्से परिसूचक ५.४५ अंकले घटेको छ ।
लगानीकर्ताहरूले यसलाई राजनैतिक घटनाक्रमको असर भनेका छन् ।