२९ जेठ २०८३, शुक्रबार

माओवादी मन्त्रीको टुंगो देउवा–प्रचण्ड भेटपछि मात्र

माओवादी मन्त्रीको टुंगो देउवा–प्रचण्ड भेटपछि मात्र

सरकारमा सहभागिताको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने भएका छन् ।

देउवाले प्रधानमन्त्रीको शपथ लिनुअघि प्रचण्डले छलछल गर्न लागेका हुन् । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मंगलवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुनुपूर्व देउवासँग छलफल गर्ने निर्णय गरेको हो । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवासँग छलफल गरेपछि मात्र माओवादीले मन्त्री टुंगो लगाउने जानकारी दिए । 

‘अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र ठोस निर्णय गरेर मन्त्रिपरिषद्मा जाने सदस्यको टुंगो लाछ,’ श्रेष्ठले भने, ‘नामको बारेमा अहिले छलफल भएन । कस्तो मन्त्रिपरिषद् गठन गर्ने भन्न बारेमा छलफल गरेपछि मात्र निर्णय गर्न उपयुक्त हुन्छ भनेर नामबारे निर्णय हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्