२१ जेठ २०८३, बिहीबार

कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

कात्तिक २०, २०७४
कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं २५ जेठ–सर्वोच्च अदालतले कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीबिरुद्ध दायर गरिएको रिट खारेज गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मागदावी नपुगेको भन्दै बिहीवार पराजुली विरुद्धको रिट खारेज गरेको हो । पराजुलीविरुद्ध रिट दायर गरेका अधिवक्ता विकास गिरीले आफूले रिटमा गरेको दावी नपुग्ने भन्दै रिट खारेज गर्न माग गर्दै निवेदन दिएका थिए ।

विश्वविद्यालय, निजामति कितावखाना र जिल्ला प्रशासन कार्यालयमा भिडाउदा पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको मिति कतिपय मिडियाले प्रचार गरेजस्तो फरक नपरेको भन्दै गिरीले रिट खारेजीको निवेदन दिएका थिए ।

प्रमाणपत्र ट्याली गर्दा पराजुलीको प्रमाणपत्र शंकास्पद वा अमिल्दो नरहेको र तथ्यहरु तोडमोड भएको अबस्था नभेटिएको गिरीले निवेदनमा उल्लेख गरेका छन् ।

पराजुलीले बुधवारदेखि सर्वोच्चमा कामु प्रधानन्याधीशको कार्यभार सम्हालेका छन् । न्यायपरिषदले संवैधानिक परिषद्मा औपचारिक सिफारिश गरेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश पराजुली सर्वोच्चको प्रधानन्यायाधीश बन्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्