![यस्तो छ ‘मिमी’ को ट्रेलर [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/mimi__5PLtvPdfVC.jpg)
बलिउड अभिनेत्री कृति सेनन चाँडै नेटफ्लिक्स र जियो सिनेमामा रिलिज हुन लागेको ‘मिमी’ मा सरोगेट मदरका रुपमा देखिँदै छिन् ।
चलचित्रको टिजरपछि अहिले चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।
केही समयअघि कृति सेननले आफ्नो सामाजिक सञ्जालमा ट्रेलर शेयर गरेकी छन् । उनले चलचित्र ३० जुलाईमा नेटफ्लिक्समा रिलिज गरिने बताइन् ।
ट्रेलरमा कृति एक गरीब घरकी एक केटीको भूमिकामा देखिएकी छन् । एक चालकले राखेको विदेशी महिलाका लागि सरोगेट मदर बन्ने प्रस्तावमा उनी राजी हुन्छिन् ।
२० लाख रूपैयाँको लालचमा पंकज त्रिपाठी कृतिको पति बनेको अभिनय गर्छन् । तर, कठिनाइ त्यतिखेर उत्पन्न हुन्छ जब ती विदेशी महिलाले बच्चा लिन इन्कार गर्छिन् । यस्तो अवस्थामा मिमीले के फैसला लिन्छिन् र कसरी दुनियाँको सामना गर्लिन् भन्ने कथामा आधारित हुनेछ यो चलचित्र ।
चलचित्रमा कृतिसँगै पंकज त्रिपाठी, सई तम्हाकर, एलविन एडवर्ड, सुप्रिया पाठक लगायतको अभिनय छ ।
यो चलचित्र मराठी चलचित्र ‘माला आई व्याहची’को हिन्दी रिमेक हो ।
चलचित्रलाई पहिले सिनेमाघरमा रिलिज गर्ने तयारी गरिएको थियो । यद्यपि कोरोना महामारीका कारण डिजिटली रिलिज गर्न लागिएको हो ।