
डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि एफएमएनडब्ल्यूसँग सहकार्य गर्दै डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रम गर्न पूर्व मिस नेपालहरुको सामाजिक संस्था (एफएमएनडब्ल्यू) सँग सहकार्य गरेको छ ।
यो छात्रवृत्तिले कोभिड १९ का कारण बुवाआमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने बताइएको छ ।
छात्रवृत्ति कार्यक्रममा कुनै पनि व्यक्ति वा संगठनको चन्दा खुला रहेको बताइएको छ ।
इच्छुक व्यक्ति वा संस्थाले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडमा डीएम फाउन्डेशनको आधिकारिक बैंक खातामा यस कार्यक्रमको लागि रकम पठाउन सक्दछन् । यो रकम आधिकारिक वेबसाइटमा सूचीबद्ध सेलपे, फोनेपे र ई–सेवाको क्यूआर कोड स्क्यान गरेर पनि पठाउन सकिन्छ ।
छात्रवृत्ति योग्य विद्यार्थीहरूले आधिकारिक वेबसाइट www.ims–np.com/fmnw– मार्फत आवेदन दिन सक्नेछन् । योग्य हुनको लागि, विद्यार्थीले कोभिड १९ मा एक वा दुवै अभिभावक गुमाएको हुनु पर्दछ ।
एफएमएनडब्ल्यूले विभिन्न सामाजिक कारणहरुमा निरन्तर संलग्न रहन्छ जस्तै जागरूकता बढाउने, वातावरणीय अभ्यास जस्तै बृद्धि गर्नु, युवा प्रेरणाका लागि कार्यक्रम सञ्चालन, क्यान्सर जागरूकता र कोष संकलनकर्ता महामारीको समयमा एफएमएनडब्ल्यूले देशको विभिन्न भागमा राहत पुर्याउन उल्लेखनीय काम गरेको दावी गरेको छ।
डीएम फाउन्डेशनले सन् २०१४ मा डीएम छात्रवृत्ति शुरू गरेको थियो, फाउन्डेशनले २०७० सालको भूकम्पको समयमा राहत वितरणको कार्यक्रमहरू शुरू गरेको थियो ।