३० जेठ २०८३, शनिबार

देउवाको स्वागतका लागि सिंहदरबारको मूल ढोकामा घडा, माछा र दहीको सगुन !

देउवाको स्वागतका लागि सिंहदरबारको मूल ढोकामा घडा, माछा र दहीको सगुन !

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएर देउवा राति ९ बजे सिंहदरबार पुगेका थिए ।

देउवाको स्वागतका लागि सिंहदरबारको मूल ढोकामा पानीको घडा, दही, केरा र माछा राखिएको थियो । माछालाई शुभ साइतको सगुन या प्रतीक मानिन्छ । यसअघि पानीको घडा र फलफुल राख्ने गरिएपनि शुभ साइतको लागि माछा राखेको दुर्लभै देखिन्छ । देउवा सिंहदरबारमा आउने बेला मूल ढोकामा झण्डै एक किलो बराबरका दुईवटा माछा किस्तीमा राखेर सजाइएको थियो ।

राति ९ बजे पदभार ग्रहण गर्न आएका देउवा सिंहदरबारमा आधा घण्टा बसेर बाहिरिएका थिए । सरकारले असोज मसान्तसम्म एकतिहाइ जनसंख्या र चैत्र मसान्तसम्ममा सबै जनतालाई पूर्ण खोपको व्यबस्था गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलवारको बैठकले सरकारको प्रवक्ताको जिम्मा कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तोकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्