३० असार २०८३, मंगलबार

चौध मतदान केन्द्र संवेदनशील

कात्तिक २०, २०७४
चौध मतदान केन्द्र संवेदनशील


कलैया, २५ जेठ - बाराका ४५१ मतदान केन्द्रमध्ये सात केन्द्रलाई अतिसंवेदनशील र सात केन्द्रलाई संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा तुल्याएको छ ।

उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रको मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।
अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण रुपमा मतदान गर्न सक्ने गरी कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । दुई उपमहानगरपालिका, चार नगरपालिका र नौ गाउँपालिका रहेको बारामा कुल तीन लाख ३५ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्