×

गिटी–बालुवा निकासीको विकल्प खोज्न सुझाव

असार ३०, २०७८

सांकेतिक तस्वीर

व्यापार घाटा कम गर्ने नाममा देशलाई मरुभूमि बनाएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सोचबाट बाहिर निस्कन विज्ञले सरकार र सरोकार निकायलाई सुझाव दिएका छन् ।

खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास प्रालिले चन्द्र इञ्जिनीयरिङ कन्सल्टेन्सी र तराई इञ्जिनीयर्स एशोसिएशनको सहकार्यमा ‘चुरे जलाधार संरक्षणका मुद्दा, चुनौती र आगामी मार्ग’ विषयक जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा चुरे संरक्षणको गुरुयोजनामा कार्यपत्रसमेत प्रस्तुत भएको थियो । 
  
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. विनोद भट्टले सरकारले भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न ढुङ्गा गिटी बालुवा निकासी गर्ने नीति र कार्यक्रम अध्यादेशमार्फत् आएको बजेटमा सार्वजनिक गरेकामा झट्ट हेर्दा आफूसँग जे छ, त्यही बेच्ने हो भन्ने विचारजस्तो देखिए पनि गहिराइमा पुगेर हेर्दा यसबाट देशलाई लाभभन्दा बढी हानी पुग्ने बताए ।
 
खानी तथा भूगर्भ विभागको सर्वेक्षणले नेपालभर ९२ स्थानमा ढुङ्गा, बालुवा, गिटीको खानी सञ्चालन गर्न सक्ने देखाएको र तिनबाट उत्पादित निर्माण सामग्रीको १४ प्रतिशतमात्र निकासीयोग्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।


Advertisment

वार्षिक रु १३ अर्बको लागि नेपालको धरातलीयस्वरुप नै खल्बल्याउने  र तराई मरुभूमिकरण गर्ने कार्य गर्नु विवेकसम्मत नभएको विज्ञहरूको भनाइ छ । 


Advertisment

नेपालले वार्षिक रु ३० देखि ४० अर्बको चामल नै आयात गर्ने गरेको तथ्याङ्क छ । यसलाई मात्र रोक्ने नीति लिए ढुङ्गा, गिटी, बालुवा निकासीको भ्रमबाट मुक्ति मिल्नेमा भट्टको जोड छ । चुरे जोगाऔँ र धान उत्पादन बढाएर व्यापारघाटा सन्तुलनमा ल्याउनुपर्ने उनको सुझाव छ ।
 
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका प्रा डा कविराज पौडेलले चुरे भावर क्षेत्र उत्पत्तिका हिसाबले पनि सबैभन्दा कमजोर र संवेदनशील भएकाले यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।

विश्वविद्यालयको भूगर्भशास्त्र विभागले राष्ट्रपति चुरे भावर तराई संरक्षण विकास समितिसँग मिलेर त्यसक्षेत्रको वैज्ञानिक सर्वेक्षण गरी संरक्षणका योजनासहितको प्रतिवेदन तयार पारेको उनले बताए ।
 
चुरेबाट उद्गम भएर तराई भइबग्ने मेचीदेखि महाकालीसम्मका १८ नदी प्रणालीको वैज्ञानिक सर्वेक्षण गरेर ती ठाउँको भूक्षय, पानीको स्रोत, नदी र खोलाको अवस्था, पानीको पुनर्भरण गर्न सकिने स्थानको पहिचानसमेत प्रतिवेदनमा गरिसकिएको पौडेलले जानकारी गराए ।

चुरे र भावरमा देखिएको पहिरो एवं नदीकटानको रोकथाम, सुकेका, सुक्न लागेका खोला, ताल तलैयाको संरक्षण, नदी र झरनाको संरक्षण र व्यवस्थापन अपरिहार्य भइसकेको जनाइएको छ ।

डा पौडेलले चुरेको खानी सञ्चालन र व्यवस्थापनमा विशेष नियम ल्याउन पनि आग्रह गरे ।

पानीको पुनर्भरणका लागि कृत्रिम पोखरी निर्माण, भूमिगत तालको निर्माण, वृक्षरोपण र संरक्षण अभियान सञ्चालन गर्न पनि आवश्यक रहेकामा उनले जोड दिए ।  
 
कार्यक्रममा अर्का विज्ञ प्रताप तातेरले समग्र तराईमा भूमिगत पानीको सतहमा खासै परिवर्तन नआएको बताए । चुरे र भावर क्षेत्रको संरक्षणको लागि ती क्षेत्रमा भएका उद्योग विस्थापन गर्न पनि उनले सुझाव दिए ।

चुरे र भावर क्षेत्रको दिगो संरक्षणको लागि प्रदेश तथा स्थानीय सरकारलाई संलग्न गराउनुपर्ने विज्ञहरूको सुझाव छ । राष्ट्रपति चुरे भावर तराई संरक्षण समितिको संरचना केन्द्रमुखी रहेकाले परिवर्तन गर्न पनि विज्ञको माग छ ।

कार्यक्रममा टिप्पणीकर्ता तथा अन्तर्राष्ट्रिय परामर्शदाता कृष्णचन्द्रप्रसाद साहले चुरेको स्रोत जमीन, जल, वनस्पति र जैविक विविधता भएकाले संरक्षण गर्नुपर्ने बताए ।
 
टिप्पणीकर्ता राष्ट्रपति चुरे भावर तराई संरक्षण समितिका अध्यक्ष किरण पौडेलले नेपालको तराई भएर बग्ने १६४ नदी प्रणालीमा नदीजन्य निर्माण पदार्थ पर्याप्त रहेको र राष्ट्रिय आवश्यकताभन्दा ४० प्रतिशत बढी भएकाले त्यसको उपयोगको कुरा अस्वभाविक नभएको बताए ।

 तराई क्षेत्रका १६४ नदी प्रणाली व्यवस्थापनमा रु दुई खर्ब ५० अर्बदेखि ८०० अर्बसम्म लगानी आवश्यक रहेको उनले सुनाए ।

भूसंरक्षण, पानीको स्रोत संरक्षण र आयआर्जनका लागि बाँस अत्यन्त उपयोगी देखिएकाले वृक्षरोपणमा बाँसलाई प्राथमिकतामा राख्न पनि उनले आग्रह गरे ।

समितिका पूर्व पदाधिकारी वीरेन्द्र यादवले चुरेभावर क्षेत्रको भूबनोट संवेदनशील भएकोले ढुङ्गा गिटी बालुवा निकासीको विषयलाई रोक्न आग्रह गरे ।

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x