२७ जेठ २०८३, बुधबार
बालकोटमा ओली

घरको बरण्डाबाट ओलीको सम्बोधन– अदालतले प्रधानमन्त्री चुन्ने काहीँ नभएको जात्रा भयो

घरको बरण्डाबाट ओलीको सम्बोधन– अदालतले प्रधानमन्त्री चुन्ने काहीँ नभएको जात्रा भयो

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल र नेताको मूल्यांकन गर्न पाउने जनताको अधिकार सर्वोच्च अदालतले खोसेको आरोप लगाएका छन् । 

सर्वोच्चको फैसलाले पदमुक्त भएपछि बुधवार बालुवाटारबाट बाल्कोटस्थित निजी निवासमा सरेपछि बरण्डाबाट कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

'नेपाली जनताको अधिकार खोसिएको छ । नेताको, सरकारको मूल्यांकन गर्न पाउने जनताको अधिकार खोसेर,' ओलीले भने, 'अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कोही नभएको जात्रा भयो ।'

ओलीलाई युवा संघका कार्यकर्ताले स्कर्टिङसहित बालुवाटारबाट बालकोट पुर्‍याएका हुन् । बालकोटमा एमाले कार्यकर्ताले ओलीलाई ब्यान्ड बाजासहित स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्