×

NMB BANK
NIC ASIA

बालकोटमा ओली

‘मैले हारेर वा काम गर्न नसकेर होइन, जालझेल र कपट गरेर प्रधानमन्त्रीबाट हटाइयो’

असार ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आदरणीय साथीहरू, मेरा मित्रहरू सबैमा धेरै-धेरै अभिवादन ! 

Sagarmatha Cement
Muktinath Bank

३ वर्ष ५ महिना सरकारको सफल कार्यकाल पूरा गरेर आज म फर्किएको छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनादेशबाट होइन परमादेशबाट, कुनै गल्ती गरेर होइन अदालतबाट अकारण, काम गर्न नसकेर होइन देशको विकास गरेर, देशलाई अगाडि बढाएर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, संविधानलाई सर्वस्वीकार्य गराएर, विकासको लहरलाई अगाडि बढाएर, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविलाई माथि उठाएर, नेपालको स्वाभिमान र छविलाई माथि उठाएर काम गर्दागर्दै जाली र झेलीहरूले जालझेल, षड्यन्त्र र कपटस्वरूप अदालतमा मुद्दा हालेर, असंवैधानिक फैसलाबाट जनादेशविपरीत हटाइएको छ ।


Advertisment
SBL

कुनै मूल्यांकनको आधारमा होइन, जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको गलत नजिर कायम गरेर मलाई हटाइयो । 

Vianet communication
Laxmi Bank

नेपालको लोकतन्त्रमाथि, नेपालका जनतामाथि, नेपालको संविधानमाथि अतिक्रमण भएको छ । नेपाली जनताको अधिकार खोसिएको छ ।

नेपाली जनताले आवधिक मूल्यांकन गर्न पाउने, पार्टीहरूको, नेताहरूको, सरकारको कामको मूल्यांकन गर्न पाउने नीतिहरूको, विचारको र व्यवहारको मूल्यांकन गर्न पाउने जनताको त्यो अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा अदालतबाट भएको छ । 

हामीले देशका लागि राम्रो काम गरेका छौं । विकासको गति बढाएका छौं । अर्थतन्त्रलाई माथि पुर्‍याएका छौं । कोभिड– १९ ले दुनियाँलाई तबाह गर्दाखेरी हाम्रो जस्तो गरीब देशमा कसैले परीक्षण गर्न पाएनौं भन्ने अवस्था छैन । धनी देशले निःशुल्क परीक्षण गर्दैनन्, निःशुल्क उपचार गर्दैनन्, हाम्रो जस्तो गरीब देशमा निःशुल्क परीक्षण र निःशुल्क उपचार गराइयो । 

सबैलाई पुग्नेगरी खोपको व्यवस्था गरेका छौं । मैले हिजो पनि बोल्दा भनेको छु, सबै नेपाली जनतालाई खोप पुग्नेगरी व्यवस्था गरेका छौं । एकैपटक थुपार्दा बिग्रिन्छ । क्रमशः ल्याउँदै जान्छौं ।

अस्तिका दिन अमेरिकाबाट १५ लाख, हिजो जापानबाट साढे १६ लाख । चीनबाट ३२ लाख खोप आउँदैछ । अस्ति ८ लाख चीनबाट आयो । अरू १६ लाख फेरि अनुदानमा आउँदैछ । ६० लाख ल्याउने भनेर सहमति गरेका छौं । खोपको कुनै कमी हुँदैन । खोप लगाउने शिलशिला अगाडि बढेको छ । 

लाज नहुनेहरूले के भन्दैछन्, नयाँ सरकार बनेपछि खोप आउँदैछ रे ! हामीले जुँगा उमार्दिने, अरूले ताउ लगाउने । 

मैले पहिला पनि भनेको थिएँ, हामी गौरवका साथ, शानका साथ जिउँछौं । काम गर्छौं । मर्न पर्दा पनि शानका साथ मर्छौं । सरकारको कामको जिम्मेवारी लिँदा पनि आत्मविश्वासका साथ जिम्मेवारी लिन जान्छौं, त्यही आत्मविश्वासका साथ । 

अहिलेसम्म म चुनाव हारेर प्रधानमन्त्रीबाट हटेको होइन । पहिलोपल्ट पनि जालझेलबाट यसपटक पनि म चुनाव हारेर हटेको होइन । फेरि बचेर कहाँ जान्छन् ? जालीहरूले सधैँ अदालत गएर, अदालतमा निवेदन हालेर सधैँ परमादेशबाट किस्तीमा सरकार पाउने छैनन् । जलाझेल एकपल्ट चल्ला, दुईपल्ट चल्ला, तर सधैँ चल्नेवाला छैन । नेपाली जनताले बुझेका छन् । 

म हाम्रा युवा साथीहरूलाई भन्न चाहन्छु, आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, यो देशलाई गरीब बन्न दिन हामीलाई मञ्जुर छैन । समृद्ध नेपाल, सुखी नेपाली बनाएर छाड्छौं । परनिर्भरता घटाएर छाड्छौं ।

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र र विकासको लहरबाट हामी अगाडि बढ्छौं । हामी सरकारमा गएपछि त्यति प्रतिकूल अवस्थमा पनि निर्यात बढायौं, शान्ति सुरक्षा र सुशासन कायम गर्‍यौं ।

हाम्रै पार्टीभित्र विभिन्न शक्तिको घुसपैठ यस्तो भयो । पार्टीका कमजोर र बिकाउ तत्व प्रतिक्रियावादीको पछिपछि लागेर पार्टीका विरुद्ध, जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध लागे । आफ्नै सरकार ढाल्नका लागि विरोधीलाई अगाडि लगाएर राष्ट्रपतिकोमा पुगे ।

माधव नेपाल जस्ता लाज शरम हराएका मान्छेको पछाडि लाग्नेहरू कमी कमजोरी महशुस गरेर पार्टीमा आएर काम गर्न चाहन्छन् भने अवसर होला, तर माधव नेपालको हकमा गल्ती कमजोरी, आत्मालोचना गर्ने कुनै ठाउँ छैन । 

यो परिस्थिति निर्माण गर्ने माधव नेपाल हुन् । विकासप्रेमी सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपाल हुन् । देउवाले शपथ ग्रहण गर्दा देउवाले नचाहँदा नचाहँदै हात मिलाउन गए । 

तपाईं युवाहरू हरेक ढंगले जनतालाई सचेत पार्न जानुस् । सचेतनाको अभियान चलाउनुस्, यही आग्रह गर्न चाहन्छु । 

(ओली बालुवाटारबाट बालकोटस्थित निजी निवासमा सरेपछि उपस्थित कार्यकर्तालाई ओलीले गरेको सम्बोधनको सम्पादित अंश)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x