
दुहवी–५ घर भएकी पवित्रा सोही स्कूलमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।
पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्न मानिस पत्ता लाग्ने प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो ।
पवित्राको हत्या यौनजन्य पनि हुन सक्ने भन्दै मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस