×

NMB BANK
NIC ASIA

अप्ठ्यारोमा लुम्बिनीको बजेट ! विपक्षीको दाबी – ‘बजेट फेल भइसक्यो’

असार ३१, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सभामा ल्याएको बजेट अप्ठ्यारोमा परेको छ ।

Muktinath Bank

सदनमा बिहीवार विनियोजन विधेयक निर्णयार्थ पेश हुने भनिए पनि सत्तापक्षीय सांसदले नै बैठक बहिष्कार गरेपछि बजेट अन्योलमा परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षी गठबन्धनले बजेट ‘फेल’ गराउने निर्णय गरेपछि सत्तापक्षीय सांसद सभा छाडेर बाहिरिए । बजेट निर्णयार्थ प्रस्तुत हुने दिन नै सत्तापक्षीय सांसद सदन छाडेको नौलो घटना हो ।


Advertisment
Nabil box
Kumari

असार १ गते ल्याएको बजेट विपक्षी गठबन्धनको निरन्तरको अवरोधपछि असार २७ गतेदेखि मात्रै छलफलमा गएको थियो । मुख्यमन्त्री शंकर पोखरेलले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गर्ने बेलामा फेरि छलफलका लागि सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखसँग समय मागेका थिए । 

Vianet communication

थप छलफलका लागि समय नदिएकाले बैठक छाडेर हिँडेको ढकालले बताए । प्रदेशसभा बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । ‘सभामुखले पनि समय दिनुभएन, विपक्षी पनि छलफल गर्न तयार भएनन् । त्यसपछि हामी बाहिरिएका हौं,’ ढकालले भने ।

प्रदेशसभा अंकगणितमा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । सत्तापक्षीय सांसद ४१ र विपक्षी पनि ४१ सांसद छन् । सत्तापक्षीय सांसद अजयबहादुर शाही बिहीवारको बैठकमा उपस्थित थिएनन् ।

संसदबाट बजेट पास हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउने छलफलमा लागेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्षले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद चलिरहेको छ । सत्तारुढ एमालेका सांसद विष्णु पन्थीले बजेट सत्तापक्ष र प्रतिपक्षको भन्न नहुने बताए ।

‘सरकारले प्रस्तुत गर्ने बजेट सत्तापक्ष र प्रतिपक्षको भन्ने हुँदैन, जनताको लागि प्रस्तुत भएको बजेट हो,’ उनले भने । ‘बजेट पारित गर्ने र नगर्ने विषयलाई लिएर अलमल गर्दा मुलुकको गति अवरुद्ध हुन्छ,’ उनले भने । पन्थीले अहिले बजेट पारित गराउने विषयमा छलफल भइरहेको र बजेट रोक्ने कार्य कसैका लागि समेत हितकर नहुने बताए ।

‘बजेट पारित नगर्ने कार्य सरकार प्रतिपक्षलाई मात्र होइन, जनताका लागि समेत अहितकर छ,’ पन्थीले भने ।

‘बजेट फेल भइसक्यो’

विपक्षी गठबन्धनले बजेट फेल भइसकेको भन्दै नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने जनाएको छ । सत्तापक्षले बैठक बहिष्कार गरेपछि कांग्रेस सहितको विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गरी बजेट फेल भइसकेकाले सरकारले मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले जबरजस्ती अल्पमतको सरकार चलिरहेको बताए । ‘राजनीतिमा नैतिकता छैन सरकारलाई । हिजो पनि हामी बहुमतमा थियौं । आज पनि हामी बहुमतमा छौं । सरकारसँग बहुमत भए संसद फेस गर्न सक्थ्यो । अब राजीनामा दिनुहोस्,’ कनौडियाले भने, ‘बजेट पास गर्ने अन्तिम दिन नै संसद छाडेर हिँडेपछि राजीनामा दिनु पर्दैन ?’  

माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसीले निर्णयार्थ पेश हुने बेलामा बहिष्कार गरेर बाहिर निस्कनु भनेको सत्ता छाड्ने बेलामा असंसदीय व्यवहार देखाएको बताए । बजेट निर्णयार्थ पेश हुने बेलामा सरकारले नै भागेपछि बजेट फेल भएको उनको भनाइ छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय दलका नेता सहस्रराम यादवले बजेट पास गर्ने नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x