०३ असार २०८३, बुधबार

सेल्फी लत : जसकारण गुमाउनुपर्‍यो यी मोडेलले ज्यान

साउन १, २०७८
सेल्फी लत : जसकारण गुमाउनुपर्‍यो यी मोडेलले ज्यान

सेल्फीको लत कतिसम्म खतरनाक हुन सक्छ भन्ने कुराको अनुमान हङकङको एउटा घटना हेरे पुग्छ । हालै हङकङकी चर्चित मोडेल सोफिया चेउङले सेल्फी लिने क्रममा आफ्नो ज्यान गुमाइन् । 

३२ वर्षीया सेफिया सामाजिक सञ्जालमा एकदमै सक्रिय थिइन् । आफ्ना फ्यानहरूलाई प्रभावित पार्न सेल्फी लिन लागिरहेकी थिइन् । सोही क्रममा उनी उच्च स्थानबाट खसिन् र उनको मृत्यु भयो ।  

सोफिया शनिवार आफ्ना साथीहरूसँग हङकङको एक नेचर पार्क घुम्न गएकी थिइन् । सोही क्रममा उनी खसेकी थिइन् । 

उनलाई नजिकको अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरे । घटना ‘हा पाक लाई’ भन्ने पार्कको पाइनएप्पल माउन्टेन नजिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्