२४ असार २०८३, बुधबार

बजेटबारे अर्थमन्त्री शर्मा भन्छन् : अब जे गर्ने हो संसदले नै गर्छ

बजेटबारे अर्थमन्त्री शर्मा भन्छन् : अब जे गर्ने हो संसदले नै गर्छ

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रवार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारले श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।

उनले नयाँ आर्थिक वर्षको बजेटका विषयमा संसदले निर्णय लिने बताए ।

उनले भने,'साउन ३ गते संसद बैठक बोलाइएको छ, जे गर्नुपर्ने हो, संसदले नै गर्छ ।'

उनले बजेटबारे संसदमा छलफल गरेर अगाडि बढ्ने बताए ।  

उनले पुँजी बजार सर्वसाधारण जनताको हितमा कसरी हुन्छ भन्ने बारेमा काम गर्ने बताए । 

 

salt training

कमेन्ट गर्नुहोस्