सरकारले काठमाडौंमा कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ ।
असार २९ गतेदेखि शुरू भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो ।
काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले शुक्रवार सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए ।
खोप अभियान साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । अभियानका लागि काठमाडौं जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो ।
चीनबाट करीब ८ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो ।