२९ जेठ २०८३, शुक्रबार

तेस्रो लहरको कोरोना झन् खतरनाक हुने चिन्ता, आगामी १२५ दिन धेरै महत्त्वपूर्ण !

साउन २, २०७८
तेस्रो लहरको कोरोना झन् खतरनाक हुने चिन्ता, आगामी १२५ दिन धेरै महत्त्वपूर्ण !

पछिल्लो समय सर्वसाधारणमा बढेको लापरवाहीले कोरोना भाइरस संक्रमण महामारीको तेस्रो लहर झन् खतरनाक हुने चिन्ता भारतमा गर्न थालिएको छ ।

भारतको नीति आयोगले पत्रकार सम्मेलन गर्दै कोरोनाविरुद्ध भारतमा अझै ‘हर्ड इम्युनिटी’ प्राप्त नभएकाले उच्च जोखिम कायमै रहेको जनाएको छ ।

हाल भारतमा न्युनीकरण हुँदै गएको कोरोना भाइरसको नयाँ प्रकोप निम्तिने सम्भावनालाई नकार्न नसकिने आयोगले जनाएको छ । आसन्न महामारी रोक्न आगामी १२५ दिन धेरै महत्त्वपूर्ण हुने आयोगले जनाएको छ ।

नीति आयोगका स्वास्थ्य सदस्य डा. वीके पालले संक्रमण फैलिनबाट रोक्न जरुरी रहेको बताए । ‘तेस्रो लहरको कोरोनाबाट बच्न सम्भव छ, यसका लागि उपयुक्त व्यवहारको पालना गर्नुपर्छ ।’ 

कोरोना विरुद्धको लडाइँमा आगामी १२५ दिन भारतका लागि धेरै महत्त्वपूर्ण हुने उनले बताए । ‘संसार कोरोनाको तेस्रो लहरतिर गइरहेको छ । तसर्थ तेस्रो लहरको चेतावनीलाई हल्का रूपमा लिन सकिन्न । यो एउटा रातो झण्डा हो,’ डा. पालले भने ।

कोरोना संक्रमितको संख्या घटेर निषेधाज्ञा खुकुलो भएसँगै  मास्क प्रयोगकर्ताको संख्या समेत घटिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै धेरै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेकाले महामारीको जोखिम बढी रहेको चिकित्सकहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्