२८ जेठ २०८३, बिहीबार

एमालेको छलफलमा को–को नेता सहभागी ? बाहिरिए पृथ्वीसुब्बा गुरुङ

एमालेको छलफलमा को–को नेता सहभागी ? बाहिरिए पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरेर शुक्रवार विघटन गरिएको कार्यदलमा रहेका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् ।

छलफलमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ तथा नेता माधवकुमार नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्ट र रघुजी पन्त लगायत १०/११ जनाको उपस्थिति रहेको छ । नेता गुरुङ केहीबेर छलफलमा सहभागी भएर बाहिरिएका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओली र नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ ।

शुक्रवारको एमाले स्थायी कमिटी बैठकले नेपाल पक्षको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन समेत गरेको छ ।

कार्यदल अनुमोदन भइसक्दा समेत नेपाल पक्ष पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छलफलमा लागेका स्रोतले जनाएको छ । पार्टीलाई मिलाउने उपाय खोज्नबारे छलफलमा कुराकानी भइरहेको एक सदस्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्