०२ असार २०८३, मंगलबार

यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

साउन २, २०७८
यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह
प्रतिकात्मक तस्वीर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ संक्रमणबाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासंघका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो । 
 
भेटमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला ‘सरोज’, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की लगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्