०३ असार २०८३, बुधबार

मिल्लान् त तीन कोइराला ?

मिल्लान् त तीन कोइराला ?

एक दर्जन नेताले महाधिवेशनमा नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका बेला सभापतिका तीन आकांक्षी शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला लन्च मिटिङमा जुटेका छन्। कोइराला परिवारका तीनै सदस्यले नेतृत्वमा आ–आफ्ना दाबीलाई प्रस्तुत गर्दै आएका छन्। बिपी, केशव र गिरिजाप्रसाद कोइरालाका सन्तान शशांक, शेखर र सुजाताले दाबी मात्र होइन, तयारी पनि थालिसकेका छन्। पार्टी महामन्त्रीसमेत रहेका शशांकले सभापतिमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै सभापति देउवालाई हराउन सक्ने आफू मात्र भएको जिकिर गर्दै आएका छन्।  

दुई वर्षभन्दा बढी समयदेखि पार्टी सभापतिका लागि आफूले तयारी थालेको भन्दै शेखरले १४औं महाधिवेशनमा आफू कुनै हालतमा उम्मेदवार बन्ने बताउँदै आएका छन्। तर, नेत्री सुजाताले कोइराला परिवारका दुई सदस्य मात्र होइन, संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार नभए आफू पनि मैदानमा खडा हुने बताउँदै आएकी छन्। संस्थापन इतरका नेताहरूलाई एक ठाउँमा ल्याउन केही दिनअघि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नै निवासमा खानाका लागि बोलाएकी थिइन्। संस्थापन इतरका नेतालाई होइन, १४औं महाधिवेशन कोइराला परिवारका तीन आकांक्षीहरूबीच नै सहमति हुन्छ त ?  

कोइराला परिवारसँग निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय कतिपय नेताहरू मुलुकको आवश्यकता, पार्टी नेता तथा कार्यकर्ताको चाहनालाई केन्द्रमा राखेर अघि बढे उनीहरूबीचको एकता सम्भव रहेको बताउँछन्। तर, कोइराला परिवारको लिगेसी आफूमा ल्याउने होडमा तीनैजना सक्रिय रहेको जनाउँदै एक नेताले भने, ‘बाहिर उहाँहरूबीच सौहार्दता जति देखिन्छ, भित्र त्यति अलि छैन।’

कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच विगतदेखि नै सुमधुर सम्बन्ध नरहेको दाबी निकटहरूको छ। नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्